आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

भोक हड्तालमा बसेका पूर्व गोर्खा सैनिकको मागका विषयमा बेलायतसग कुरा गर्न , संसदीय समितिको सरकारलाइ निर्देशन

मंगलबार, साउन २६ २०७८

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले, पूर्व ब्रिटिस गोर्खा सैनिकहरुको माग पूरा गराउनका लागि बेलायत सरकारसँग कूटनीतिक वार्ता गर्न,  परराष्ट्र मन्त्रीको नेतृत्वमा उच्चस्तरीय समिति गठन गर्न, सरकालाइ निर्देशन दिएको छ ।

सोमबार बसेको समितिको बैठकले, नेपाल सरकारको तर्फबाट बेलायत सरकारसँग वार्ता गर्न परराष्ट्रमन्त्रीको नेतृत्वमा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य, पूर्व गोर्खाका प्रतिनिधि सहित सम्बन्धित विषयका विज्ञ पनि रहनेगरी उच्चस्तरीय समिति गठन गर्न सरकारलाई निर्देशन दिएको हो ।

पूर्व गोर्खाहरुले, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको आह्वानमा १७ दिने रिले अनशनपछि, अस्ती शुक्रबारदेखि आमरण अनशन जारी राखेका छन् । 

सन् २०१९ को मार्चमा पनि समितिले, पूर्व गोर्खा सैनिकका गुनासोलाई प्राथमिकताका साथ अघि बढाउन सरकारलाई निर्देशन दिएको थियो । त्यही निर्देशनलाई टेकेर सरकारले सन् २०२० को फेब्रअरीमा, गोर्खा सैनिकको मागबारे वार्ता गर्न, बेलायत सरकारलाई कूटनीतिक पत्र पठाएको थियो ।

सो पत्रको जवाफ बेलायतबाट आए नआएको विषयमा भने नेपालको परराष्ट्र मन्त्रालयले कुनै जानकारी दिएको छैन ।