नेपालमा कोरोना संक्रमणको दर दैनिक बढिरहेको छ । पछिल्लो २४ घण्टामा कुल परिक्षण गरिएकामध्ये २२ प्रतिशतभन्दा बढिमा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप २२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । अहिलेसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार एक सय १५ जना पुगेको छ ।
मुलुकभर १० हजार चार सय ४५ जनाको पीसीआर तथा ६ हजार एक सय ४९ जनाको एन्टिजेन गरी १६ हजार पाँच सय ९४ जनाको नमुना परीक्षण गर्दा तीन हजार ६ सय ५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ८६ हजार ६ पुगेको छ ।
अहिले ३६ हजार दुई सय ८८ जना कोरोनाका सक्रिय सङ्क्रमित उपचार गराइरहेका छन् ।