आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पौडेल पक्षले देउवालाई सभापति नमान्ने भनि दियो चेतावनी, के सुध्रेला त देउवाको आनीबानी ?

बिहिबार, साउन २१ २०७८

काठमाडौं । १४ औं महाधिवेशन र क्रियाशील सदस्यता विवादका विषयमा छलफल गर्न कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बसिरहेको छ। बुधबार बसेको कांग्रेस नेतहरुको बैठकमा सभापति शेरबहादुर देउवाले तोकिएको समयमा महाधिवेन गर्न असक्षम भएको खण्डमा भदौ २३ गतेपछि शेरबहादुर देउवालाई सभापति नमान्ने चेतावनी दिएको छ।

चार वर्षका लागि सभपातिमा निर्वाचित भएका सभापति देउवाले पार्टी विधानले दिएको एक वर्ष र संविधानले दिएको थप ६ महिना कार्यकाल पूरा गर्दा पनि १४औँ महाधिवशेन अनिश्चित भएको ठहर गर्दै पौडेल पक्षले भदौ २३ पछि देउवालाई सभापति स्वीकार नगर्ने चेतावी दिएको हो।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित चाक्सीबारीमा बिहीबार बसेको छलफल १४औँ महाधिवेशन केन्द्रित रहेको बताइएको छ । यसअघि भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने भनिए पनि पछिल्लो समय क्रियाशील सदस्यताको विवादले गर्दा अनिश्चित बनेको छ ।

 क्रियाशील सदस्यता विवाद नटुंगिएसम्म महाधिवशेन टुंगो लाग्ने देखिँदैन । केही दिनयता क्रियाशील विवाद समाधान गर्न कांगे्रशका शीर्ष नेताहरु जुटेका छन् ।

यसैक्रममा बिहीबार वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी र मिनेन्द्र रिजालबीच छलफल भएको हो । कांग्रेसमा बारा, सप्तरीलगायत विभिन्न जिल्लामा क्रियाशील सदस्यता विवाद छ ।

समायोजनका नाममा सभापति शेरबहादुर देउवा पक्षले एकलौटी हिसावले क्रियाशील सदस्यता दिएकोमा पौडेल पक्षले विरोध गर्दै आएको छ । कांग्रेसमा करिब एक सय वडामा क्रियाशील सदस्यताको विवाद छ । क्रियाशीलमा विवाद भएकोले वडा अधिवेशनदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशनको कार्यतालिका प्रभावित भएको छ भने नयाँ कार्यतालिका जारी भएको छैन ।