काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अपराह्न मन्त्रिपरिषद् बैठक बस्ने भएको हो। सत्तारुढ गठबन्धनमा मन्त्रालय भागबण्डाबारे कुरा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
अहिले गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ रहेका छन्।
बाँकी मन्त्रालयहरु प्रधानमन्त्री मातहत छन्। आज बस्ने मन्त्रिपरिषद्को बैठकमा समसामयिक राजनीति र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफल हुने प्रधानमन्त्री निकट श्रोतले जानकारी दिएको छ।