आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एमालेमा वार कि पार चलिरहेदा प्रचन्डको छटपटी !

आइतबार, साउन १७ २०७८

काठमाडौँ l नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच अहिले नेपाल निवास कोटेश्वरमा भेटवार्ता चलिरहेको छ। एमालेको माधव समूहलाई सरकारमा ल्याउने कसरतमा दाहाल छन्। तर माधव समूहभित्र सत्तामा जाने कि नजाने भन्नेमा तीव्र मतभेद छ।

केहीले पार्टी एकतामा जोड दिँदै सरकारमा जान नहुने बताइरहेका छन् भने कतिपयले आफैले निर्माण गरेको सरकारमा सहभागी भएर हिस्सा लिनुपर्ने बताइरहेका छन्। पार्टी एकताका लागि प्रयास गर्ने भन्दै शनिबार एजेण्डामा प्रवेश नगरी एमाले स्थायी कमिटी बैठक स्थगित भएको थियो।

हिजो स्थगित भएको बैठक आज अपरान्ह ३ बजे बस्ने र माधव समूह सहभागी नभए पनि उक्त बैठक अघि बढाउने तयारी एमाले संस्थापन समूहले गरिरहेको छ। अध्यक्ष ओलीले माधव नेपाललाई अपराधीको संज्ञा दिँदै उनी जस्तालाई एमालेमा स्थान नरहेको अभिव्यक्ति शनिबार पनि दोहोर्‍याएका थिए।

शनिबारकै अर्काे एक कार्यक्रममा वरिष्ठ नेता नेपालले देउवा सरकार सफल हुनुपर्ने धारणा व्यक्त गर्दै फेरि पनि फर्केर प्रधानमन्त्री बन्न सकिन्छ कि भनेर जालझेल नगर्न ओलीलाई चेतावनी दिएका थिए। सरकारमा सहभागिताबारे माधव समूहले निर्णय लिन नसक्दा मन्त्रिपरिषद् बिस्तार हुन सकेकाे छैन।