बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

बोकेदाह्रीले ल्याए ‘केराको थम्बा’ 

आइतबार, साउन १७ २०७८

काठमाडौं, l चर्चित हास्य–व्यङ्ग्य गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ ले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘केराको थम्बा’ नामको गीत उनले आफ्नै आधिकारिक युटुब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

गीतमार्फत मनोरञ्जनका साथै सन्देश समेत दिन खोजेको लुइँटेल बताउँछन् । प्रतिक श्रेष्ठको छायाङ्कनमा बनेको सो गीतको भिडियोमा गायक बोकेदाह्रीका साथै केशव रायमाझी, कल्पना पाण्डे, प्रतीक श्रेष्ठ, संगिता यादव, कृष्ण सुवेदी, रुविना गहतराज, भरत पोद्दारलगायतको अभिनय छ ।

गीतको भिडियो केशव रायमाझीले निर्देशन गरेका हुन् । लुइँटेलका यसअघिका झापा सुरुंगा, तेरो बाउ थोते, बाँके बर्दिया, ए बाउ किन्देउन भटभटे लगायत दर्जनौं हास्य गीतहरु सर्वाधिक लोकप्रिय भइसकेका छन् । 
भिडियो