आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

बाबुरामको मन्त्री नबन्नु भन्ने प्रस्तावलाई उपेन्द्रले लत्याए, अरुलाई होइन रेणुलाई पत्याए

बिहिबार, साउन १४ २०७८

काठमाडौं। जनता समाजावादी पार्टीमा मन्त्री बन्नेको हुलले उपेन्द्र यादवको टाउको खाएको छ। त्यसमाथि अध्यक्षकै हैसियतमा रहेका डा. बाबुराम भट्टराईमार्फत लविङ गर्ने पनि कम छैनन्।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जानका लागि हतारो त उपेन्द्र आफैंलाई रहेको देखियो। त्यसैले हतारमा कार्यकारिणी परिषदमा बहुमत पुराएर महन्थ ठाकुर पक्षलाई बाइपास गरी यादव अगाडि बढेका छन्।

बाबुरामले अहिले अध्यक्ष उपप्रधानमन्त्रीमा जानु उपयुक्त नहुने प्रस्ताव अघि सार्दै अरुलाई पठाउन भनेका थिए। तर, उपेन्द्र किन मान्थे र ? आफैं जानुपर्ने भन्दै उपेन्द्रले बाबुरामको प्रस्ताव नकारेको स्रोतले जानकारी दियो।

यस्तै अब आफूसहित रेणु यादवलाई पनि मन्त्री बनाउने प्रस्ताव उपेन्द्रले खल्तीबाट निकालेका छन्। तर धेरैको यसमा विरोध रहेको बताइन्छ।

मन्त्रिपरिषद विस्तारमा सहमतिसहित भागमा ७ मन्त्रालय परेपछि जसपाले नाम छनौटका लागि बैठक राखेको थियो। उक्त बैठकमा महन्थ ठाकुर पक्षलाई सहयोग नगरेकाले पनि लविङ थालेका छन्।

ठाकुर पक्षलाई छाडी निरन्तर सहयोग गरेका कारण महेन्द्र राय यादवचाहिँ मन्त्री हुने लगभग पक्कापक्की भएको छ। उपेन्द्रले यस पटक यादवहरुको वर्चश्व हुनेगरी मन्त्रीका नाम पठाउन लागेका हुन्।