काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप ३ हजार ८४० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार सो अवधिमा १० हजार ८८६ ओटा नमूना पीसीआर परीक्षण गर्दा २ हजार ६३४ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ९२२ परीक्षण गर्दा १ हजार २०६ जनामा कोरोना संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार कुल १५ हजार ८०८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् । यसैगरी सो अवधिमा १ हजार ९९३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
सो अवधिमा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले बताएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७७१ पुगेको छ।
मन्त्रालयका अनुसार सो अवधिमा काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ५५९ जना, ललितपुर जिल्लामा २०६ जना र भक्तपुर जिल्लामा ९४ जनालाई कोरोना संक्रमण भएको हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।