आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सकियो सत्तारुढ गठबन्धनको बैठक, के भयो निर्णय ?

बुधबार, साउन १३ २०७८

काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठकले सरकारलाई तत्काल पूर्णता दिने निर्णय गरेको छ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सरकारको कामलाई प्रभावकारी बनाउने तथा राजनीतिक नियुक्त गर्दा मुद्दा मामिला नहुने हिसाबले गर्ने काम निर्णय गरेको हो।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहितका नेता सहभागी थिए।

सरकार अहिले मात्रै ६ सदस्यीय छ। देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादीबाट दुई मन्त्री छन्।

बैठकले शक्ति सन्तुलन र मन्त्रालय बाडफाँटको जिम्मा शीर्ष नेतालाई दिएको छ। यस्तै न्यूनतम साझा कार्यक्रम चाडो टुङ्गो लगाउन कार्यदललाई निर्देशन दिएको कार्यदल संयोजक कांग्रेस महामन्त्री पुर्णबहादुर खड्काले जानकारी दिए।