आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

जिन्स पाइन्टले लियो ज्यान !

बुधबार, साउन १३ २०७८

पुरुष प्रधान समाजमा महिलालाई विभिन्न निहुँमा प्रताडित गर्ने र कहिलेकाही त मार्ने पनि गरिन्छ । पछिल्लो समय महिला र युवती आफ्नै परिवारद्वारा मारिएको खबर भारतीय मिडियाको हेडलाइन बनेको छ । यो घटनाले भारतीय समाजमा महिला र युवती आफ्नै परिवारबाट कति सुरक्षित छन् भन्ने बहस पनि सुरु भएको छ । गतसाता उत्तर प्रदेशमा एकजना १७ वर्षिया बालिकाको हत्यो परिवारबाटै भयो । आरोप थियो – जिन्स पाइन्ट लगाउनु ।

यी बालिकालाई अरुले मारेका होइनन्, उनी आप्नै परिवारद्धारा मारिएकी हुन् । उत्तर प्रदेशको डियोरिया जिल्लास्थित साभ्रेजी खर्ग गाउँमा आफ्नै आफन्तको कुटाइबाट ती बालिकाको मृत्यु भयो । बालिकाकी आमा शकुन्तला देवीका अनुसार काका र हजुरबाले निर्घात कुटपिट गरेपछि बालिका मारिएकी थिइन् । लुगाको विषयमा परिवारका सदस्यबीच झगडा भएको बीबीसी हिन्दीले जनाएको छ । शकुन्तलाका अनुसार सानो झगडाले हिंसाको रुप लिएको थियो ।

महिलाहरुलाई हुने विभिन्न अत्याचार बन्द हुनुपर्दछ भन्दै स्थानीय मानवअधिकारकर्मीहरुले आवाज उठाएका छन् । ‘उनी एकदिनको लागि उपवास बसेकी थिइन् । त्यसदिनको बेलुका उनी जिन्स लगाएरै पूजापाठमा बसिन् । त्यतिबेला उनका हजुरबाले जिन्सको लुगा लगाएको भन्दै विरोध गरे । अनि उसले आफूले जिन्सको लुगा लगाउन पाउनुुपर्ने भन्दै बताइन्’ शकुन्तला देवीले भनिन् । कुटपिटबाट बेहोस् भएकी बालिकालाई रिक्सा बोलाएर अस्पताल लगिएको थियो । अर्को बिहान स्थानीय गण्डकी नदीको पुलमा बालिकाको शव भेटियो । प्रहरीले हत्यामा संलग्न भएको भन्दै १० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।