बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आयुषको ’तिमी र म’ मा ग्रेसी

सोमबार, साउन ११ २०७८

काठमाडौं । रक शैलीको ’तिमी र म’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । १५ वर्षीय युवा गायक आयुष खतिवडाको यस गीतमा स्वर, संगीत र संगीत संयोजन रहेको छ । 

photo 1 (3).JPG

युवा प्रेम र आकर्षणको भावना व्यक्त गरिएको यस गीतलाई विकल खतिवडाले लेखेका हुन् ।  बहुप्रतिभाशाली गायक खतिवडा गायन संगै बाध्यवादनमा निकै दखल राख्छन् । नेपालमा कम उमेरमा संगीतमा संगीत संयोजन गर्न सक्ने सायद उनि मात्रै एक युवा संगीतकर्मी हुन् । 

photo 2 (3).JPG

म्युजिक भिडियोमा स्वयंम गायक खतिवडा र ग्रेसी प्रधान फिचर्ड छन् । जिदेन तामाङले छायांकन र सम्पादन गरेको यस भिडियोलाई विकल खतिवडाको निर्देशनमा तयार पारिएको हो । भिडियो गायक खतिवडाको अफिसिएल च्यानल मार्फत सार्वजनिक गरिएको हो । 

भिडियो लिंक

https://youtu.be/DXxuqGAZJJ8