पीडित भन्छन : पैसा फिर्ता माग्दा धम्की आउछ
काठमाडौ l नेपाल उद्योग बाँणिज्य महासंघका उपाध्यक्ष समेत रहेका दिनेश श्रेष्ठ ठगको मतियार भएको आरोप श्रेष्ठद्धारा पीडित भएका एक व्यक्तिले लगाएका छन । आफुले श्रेष्ठलाई केही रकम सापटी दिएको र उक्त रकम फिर्ता माग्दा जग्गा बेचेर उठाउनु भनेपछि श्रेष्ठद्धारा पीडित भनिएका राजेन्द्र कुमार बस्नेतले उक्त आरोप लगाएका हुन । हाल सम्म पनि श्रेष्ठले यसो भन्दै आफुलाई झुलाईरहेको र उसले पछि त्यो जग्गा आफैले राजेश हार्डवेयरलाई बेचेको बस्नेतले बताएका छन ।
बस्नेतका अनुसार मोटो रकम लिएर नेपाल उद्योग बाँणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठले कलंकी मालपोतबाट उक्त जग्गा बिक्री गरेका थिए । जग्गा बिक्री गर्दा पनि मालपोतका कर्मचारीहरुसंग सेटिङ मिलाई कम थैली देखाएर मारवाडीलाई उक्त जग्गा बेचेका थिए, पीडितले भनेका छन । उक्त जग्गा बेचेपनि आफुलाई रकम नदिएको भन्दै श्रेष्ठले बिगत आठ बर्षदेखि आफुले बैंकबाट निकालेर दिएको रकम खाईरहेकाछन ।
यस्तै यस्तै धन्दाका मतियार अहिले नेपाल उद्योग बाँणिज्य महासंघका उपाध्यक्ष भएका छन, यस्ता बदमास व्यक्ति अहिले अहरुलाई नियम र आर्थिक समृद्धि सिंकाउँदै हिंडेकाछन, पीडितले भनेकाछन ।
नेपाल उद्योग बाँणिज्य महासंघ नेपालको सिंगो उद्योगी एवं व्यवसायीहरुको प्रतिनिधित्व गर्ने साझा संस्था हो । मुलुकको सिंगो औद्योगिक क्षेत्रको बिकास र बिस्तार, उत्पादन र रोजगारी, औद्योगिक नीति नियम बनाउने कुरामा यो संस्थाको निकै नै ठुलो भुमिका रहेको छ । नेपाल उद्योग बाँणिज्य महासंघ राष्ट्रिय रुपमा मात्र नभई अन्तराष्ट्रिय रुपमा पनि निकै नै चर्चित मानिन्छ ।
यही कारण पनि महासंघमा व्यवसायीक स्वस्छता भएका उद्योगी व्यवसायीहरु हुनुपर्छ । तर नेपाल उद्योग बाँँणिज्य महासंघको बर्तमान कार्यसमितीमा एउटा त्यस्ता व्यक्ति रहेकाछन जसले महासंघको सिंगो गरिमालाई धुलो चटाउने काम गरेको छ । महासंघमा अध्यक्षको रुपमा शेखर गोल्छा रहेका छन । तर अध्यक्षको नाताले तिनै गोल्छाको छविमा समेत आँच पुर्याउने काम गरेका छन महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले, पीडित बस्नेतले बताउ छन ।
यस्तो थियो घटना
दिनेश श्रेष्ठले बिसं २०६८ साल पुस पाँच गते काठमाडौको कलंकी बस्ने राजेन्द्र कुमार बस्नेतसंग २० लाख रुपैयाँ लिएका थिए । तत्कालीन समयमा बस्नेतले श्रेष्ठको नाउँमा ग्लोवल आईएमई बैकको धापासी शाखामा रहेको खातामा रकम जम्मा गरिदिएका थिए । तर त्यसदेखि यता अहिलेसम्म पनि श्रेष्ठले उक्त रकम आफुलाई फिर्ता नदिएको बस्नेतले बताएकाछन । प्रत्येक बर्ष २० प्रतिसतका दरले व्याज थपिदैं जाँदा अहिलेसम्म उक्त रकमको सावाँ र व्याज समेत गरेर ८२ लाख ४१ हजार तीन सय १५ रुपैयाँ पुगिसक्यो, न सावाँ फिर्ता दिन्छन, न व्याज नै पीडित बस्नेत भन्छन ।
मान्छेरसंग पैसा र पहुंच भएपछि अर्काको लगेको पैसा पनि फिर्ता दिनु नर्पने रहेछ, बस्नेत भन्छन । अहिले नेपाल उद्योग बाँणिज्य महासंघका उपाध्यक्ष भएका श्रेष्ठले यस्तै यस्तै हर्कतले आफ्नो छवी बिगारेको र यसले गर्दा महांसघ र महासंघका प्रतिनिधीलाई हेर्ने आमसर्वसाधारणको दृष्टिकोण नकारात्मक बन्दै गरेको आरोप पनि बस्नतेले लगाएकाछन ।
श्रेष्ठद्धारा पीडित भएका राजेन्द्र कुमार बस्नेत घुम्तीलाई उपलब्ध गराएका प्रमाण यस्ता छन….


