काठमाडौं । नेपालको चर्चित रियालिटि शो ‘द भ्वाइस अफ नेपालसिजन ३’ को नकआउटबाट बाहिरिएकी गायिका सुदिता राईको पहिलो अफिसियल गीत रिलिज भएको छ । ‘मिठा मिठा’ बोलको गीतमा गायिका सुदिताकै शब्द तथा संगीत पनि रहेको छ । यस गीतलाई चर्चित गायक तथा संगीतकार देबेश राईले एरेञ्ज गरेका छन् ।

यो गीत बिशाल चौतारी टिभीको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । गायिका सुदिता राईको आफ्नै शब्द, संगीत र स्वरमा यो पहिलो गीत हो । बिछोडको पिडालाई रमाइलो शैलीमा प्रस्तुत गरिएको गीतको भिडियोमा गायिका सुदिता फिचर्ड छिन् ।

भिडियोलाई बिशाल राई निर्देशन गरेका हुन्, भने छायाँकन र सम्पादन पनि बिशाल कै रहेको छ । गायिका सुदिता पछिल्लो समय भ्वाइसपछि गीत रेकर्डिङमा व्यस्त रहेकी छिन् । चर्चित गायक राई इज किङ राजेश पायल राईसंगको गीत पनि अहिले चर्चामा रहेको छ ।
भिडियो लिंक