आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पुनःस्थापना पछि संसदको पहिलो बैठकमा के–के हुन्छ ? यस्तो छ कार्यसूची

आइतबार, साउन ३ २०७८

काठमाडौँ l दोस्रो पटक विघटन गरिएको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पनुर्स्थापित गरेपछि आज पहिलो प्रतिनिधिसभा बैठक बस्दैछ ।

सर्वोच्च अदालतको आदेशानुसार मन्त्रिपरिषदको सिफारिसले राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसदका दुबै सदनको अधिवेशन अपराह्न ४ बजेका लागि आह्वान गरेकी हुन् ।

पुनःस्थापित यस प्रतिनिधिसभाले नयाँ प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले विश्वासको मतसमेत लिनु पर्ने भएकाले धेरैको ध्यान अब संसदतिरै छ ।

असार २९ मा प्रधानमन्त्री देउवाले साउन २९ भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मत लिन सके यही सरकारले बाँकी १७ महिनाको संसदको कार्यकाल पूरा गरेर चुनाव गराउनेछ भने विश्वासको मत प्राप्त गर्न नसकेको मुलुक अग्रिम चुनावमा जानेछ ।

यस्तो छ आजको कार्यसूची

1.JPG