आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

राष्ट्र बैक भन्छ, ११ महिनामा १२ खर्ब ६२ अर्बको व्यापार घाटा

शुक्रबार, साउन १ २०७८

काठमाडौ l मुलुलको निर्यातमा सुधार देखिएपनि व्यापार घाटा भने बढेको छ । नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको देशको बर्तमान आर्थिक तथा बित्तीय स्थिती सम्वन्धी प्रतिवेदन अनुसार निर्यातमा सुधार देखिएको छ भने बैदेशिक व्यापार घाटा बढेको छ ।

प्रतिवेदन अनुसार चालु आवको पछिल्लो ११ महिनाामा कुल वस्तु निर्यात ३७ दसमलव आठ प्रतिशतले वृद्धि भई एक खर्ब २१ अर्ब २५ करोड पुगेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७÷७८ को एघार महिनामा कुल वस्तु व्यापार घाटा भने २४ दसमलव छ प्रतिशतले वृद्धि भई १२ खर्ब ६२ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १६ दसमलव चार प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात आठ दसमलव आठ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ प्रतिशत रहेको थियो ।

अघिल्लो वर्षको सोही अवधिमा निर्यात भने शुन्य दसमलव दुई प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ४३ दसमलव तीन प्रतिशत र २५ दसमलव नौ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा १७ दसमलव चार प्रतिशतले कमी आएको छ । राष्ट्र बैंकका अनुसार वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, ऊनी गलैचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ ।

चालु आर्थिक वर्ष २०७७÷७८ को एघार महिनामा कुल वस्तु आयात २५ दमसलव सात प्रतिशतले वृद्धि भई १३ खर्ब ८३ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १५ दसमलव तीन प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३२ दसमलव दुुई प्रतिशत, २४ प्रतिशत र नौ दसमलव नौ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, कोल्डरोल्ड शिट इन्क्वाइल, चाँदी लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्पm तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm तातोपानी र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।