काठमाडौं- ललिता निवास प्रकरणमा मुछिएका पूर्व मन्त्री तथा कांग्रेस उपाध्यक्ष विजयकुमार गच्छदारलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न विषेश अदालतले आदेश दिएको छ।
लामो समयदेखि फरार रहेका गच्छदार नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको भोलिपल्ट बुधबार विषेश अदालतमा हाजिर भएका थिए। अदालतले बयानपछि थुनछेक आदेश गर्दै गच्छदारलाई धरौटीमा छाड्ने आदेश दिएको हो।
गच्छदार धरौटी बुझाएर छुट्ने प्रकियामा छन्। उनलाई १० लाख धरौटीमा छोड्ने निर्णय भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए।
अख्तियारले उनलाई ९ करोड ६५ लाख बिगोदाबीसहित मुद्दा दर्ता गरेको थियो।
विशेष अदालतका न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजीज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले गच्छदारलाई छाड्न आदेश दिएको हो।