काठमाडौं l नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार विशेष अदालतमा उपस्थित भएका छन् । बालुवाटार जग्गा प्रकरणमा मुछिएका कांग्रेस नेता गच्छदार बुधबार विशेष अदालतमा हाजिर भएका हुन् ।
२०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा गच्छदारसहित १७५ जनाविरुद्ध आरोप पत्र दायर गरेको थियो । गच्छदारविरुद्ध नौ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो र आठदेखि दश वर्ष कैद सजाय माग दाबी गर्दै आरोप पत्र दायर गरिएको थियो ।
गच्छदारलाई अदालतमा उपस्थित हुन अदालतले म्याद जारी गरेको थियो । तर गच्छदार म्याद नबुझी लामो समयदेखि फरार रहेका थिए।
उनीमाथि बालुवाटारको ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा बनाएको अभियोग लागेको छ । आज उनी अदालतमा हाजिर भएपछि अब बहस शुरु हुनेछ ।