आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

अबैध सम्बन्धको पोल खुल्ने भएपछि असईले गरे अदालत कर्मचारीको हत्या

बुधबार, असार ३० २०७८

उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत कार्यालय सहयोगीको हत्यामा अदालतका मुख्य न्यायाधीशका सुरक्षा गार्ड रहेको खुलेको छ ।  मुख्य न्यायाधीशका सुरक्षा गार्डले व्यक्तिगत सम्बन्धकै कारण हत्या गरेको खुलेको छ । प्रहरी सहायक निरीक्षक युवराज बानियाँले हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

अदालतमा कार्यरत कार्यालय सहयोगी बिमला पराजुलीको हत्या गरी मुख्य न्यायाधीशकै निवासन नजिक फालेको प्रहरीसँग बानियाँले स्वीकारेका छन् । 

मुख्य न्यायाधीसको निवासनमा बानियाँले पराजुलीको हत्या गरेको स्वीकारेको इलामका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताए । 

आइतबार साँझ निवासनमा हत्या गरेर हिँडेका बानियाँले राति आएर शव बाहिर फ्याँकेका थिए । धनकुटा होली खर्क– ५ घर भएका बानियाँ दुई वर्षदेखि मुख्य न्यायाधीसको सुरक्षा गार्डका रुपमा खटिएका थिए ।

बानियाँ र मृतक पराजुलीबीच लामो समयदेखि सम्बन्ध रहेको र आर्थिक लेनदेनको विषयमा झगडा हुँदा हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी श्रेष्ठले बताए । 

मुख्य न्यायाधीश बिदामा रहेकोले निवासनको तालाचाबी बानियाँसँगै थियो । पराजुलीले बलात्कारको मुद्दा लगाउने चेतावनी दिएपछि बानियाँले उनको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीको नियन्त्रणमा रहेका बानियाँले घाँटी थिचेर हत्या गरेको बयान दिएका छन् ।