आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

देउवा सरकारमा जनार्दन शर्मालाई अर्थ मन्त्रालय र पम्फा भुसाललाई ऊर्जा !

मंगलबार, असार २९ २०७८

काठमाडौँ-  प्रधानमन्त्री पदमा मंगलबार साँझ ६ बजे शपथ लिन लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका तर्फबाट पम्फा भुसाल र जनार्दन शर्मालाई मन्त्री बनाउने भएका छन्।

देउवा नेतृत्वको मन्त्रिमण्डलमा शर्मा अर्थमन्त्री र भुसाल उर्जा तथा जलस्रोतमन्त्री बन्ने भएकी हुन । देउवा सरकारमा जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जा तथा जलस्रोतमन्त्री बन्ने भएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता शर्मा यसअघि नै ऊर्जा र गृहमन्त्री बनेका थिए भने भुसाल सामान्य प्रशासनमन्त्री बनेकी थिइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई सर्वाेच्चको संवैधानिक इजलासको फैसला बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी छन् । देउवाले आजै शपथ लिँदैछन् ।