बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एनवाइइएफद्धारा नेपालमेै पहिलोपल्ट राष्ट्रिय स्तरको नेपाल र भुटानबीच संयुक्त उद्यमशीलता विश्व कप फाइनल आयोजना

सोमबार, असार २८ २०७८

 
काठमाडौं । उद्यमशीलता विश्वकप (ईडब्लुसी) यही आषाढ २५ गते भर्चुयल माध्यमबाट नेपालमा पहिलोपल्ट आयोजना गरियो । उक्त कार्यव्रmममा उत्कष्ट चौध जना अन्तिम चरणका प्रतियोगीहरुले आफ्ना आइडियाहरु छनौट समितिमा राखेका थिए । जसमध्येबाट उत्कृष्ट नौ जना विशेष स्टार्टअप फाइनलका लागि छानिए् । ती हुन् अफरमाण्डू, प्याड टु गो, निर्माण, लिफ प्लस प्रा. ली, प्लाज्माड लि. इन्टरप्राइज, जीवी हेल्थ प्रा. लि., चेली नेपाल, वर्कहब र द ग्रीन रोड । उत्कृष्ट ती सबै नौ फाइनल प्रतियोगीहरुले छनौट समितिबाट अन्तिम चरण पूरा गरेका थिए जसमा बिजेता, फष्ट रनरअप र सेकेन्ड रनरअपको घोषणा गरिएको थियो ।
The Green Road.jpeg
 
छनौट समितिमा सात जना विज्ञहरु हुनु हुन्थ्यो जसमा रुपेश कृष्ण श्रेष्ठ–सहायक प्राध्यापक, काठमाडौं स्कूल अफ म्यानेजमेन्ट तथा को–फाउण्डर आइडिया स्टुडियो नेपाल, यसै गरी जुना माथेमा– को–फाउण्डर तथा प्रबन्ध निर्देशक बिल्टज्मिडिया प्रा. लि., उदीप श्रेष्ठ– कार्यकारी निर्देशक, पञ्चकन्या ग्रुप, श्री किरण तिमलसिना– सिटीओ तथा को–फाउण्डर अर्बान गर्ल तथा यूजी केक्स, निकोलश पाण्डे– कार्यकारी निर्देशक, कालिका कन्स्ट्रक्सन,सैलेजा श्रेष्ठ– निर्देशक तथा मानव शंसाधनमेनेजर, नव नेपाल प्लाष्टिक प्रा. लि. र सिर्जना प्लाष्टिक उद्योग र श्रीमती प्रविना घिमिरे– कार्यकारी निर्देशक, मेटल काष्ट प्रा. लि. हुनु हुन्थ्यो ।
 
Rikesh Gurung (Green Road).jpeg
 
नेपाल–भुटान संयुक्त इडब्लूसी २०२१ को उत्कृट नौ जना मध्ये भुटानको कम्पनी “द ग्रीन रोड” बिजयी हुन सफल भयो । “द ग्रीन रोड” बाट फाउण्डर तथा प्रबन्ध निर्देशक श्री रिकेश गुरुङ हुनुहुन्थ्यो । उक्त कम्पनी भुटानको पहिलो रिसाइक्लिङ कम्पनी हो र जसले खेर गएको प्लाष्टिकबाट सन् २०१४ को अक्टोबरदेखि सडक कालोपत्रे गर्ने काम गरिआएको छ । त्यस्ता सडकमा गरिएको कालोपत्रे टिकाउ तथा वातावरण मैत्री रहेका छन् । अहिलेसम्म सो प्रविधिबाट १०० किलोमिटर सडक कालोपत्रे भएको छ र ५४० टन खेर गएका प्लाष्टिकको प्रयोग गरिएको छ ।
Leaf Plus.png
 
त्यसैगरी फष्ट रनर–अपमा “जीवी हेल्थ” रहन सफल भयो । जसका फाउण्डर तथा सिइओ श्री आभुषण ज्योती कंसाकार हुनुहुन्छ । जीवी हेल्थले स्वास्थ्य सम्बन्धी प्रविधिको विकास गरी स्वास्थ्य सेवामा सुधारत्मक कार्य गरिआएको छ । त्यस्तै सेकेण्ड–रनरअप मा “लिफ प्लस” नामक कम्पनी रहन सफ्mल भयो । “लिफ प्लस” बाट श्री कोवित सिंह बानिया हुनुहुन्थ्यो । सो कम्पनीले वातावरण तथा समाजमा उल्लेखनीय कार्य गर्दै महिला र विपन्न किसानहरुको उत्पादकत्व वृद्धि तथा प्रबद्र्धनमा संलग्न छ ।
 
Kobit Singh Baniya (LEAF plus).jpeg
 
यस प्रतियोगिताको विजेताले विश्व प्रतियोगिताकमा भाग लिन पाउनुको साथै यु.एस.डलर १०,००,०००/– नगद पाउनेछन । साथै थप लगानीका अवसरहरुको लागि यु.एस.डी.७,५०,०००/– पनि सहयोग प्राप्तहुनेछ । इ.डब्लु.सि. का माद्यम बाट अन्तर्राष्ट्रियस्तरमा लगानी गर्ने र जीवन परिवर्तन गर्न सक्ने पुरस्कार प्राप्त हुनेछ । यसले उद्यमीहरुको विभिन्न चरणहरुको मुल्याङकन गर्दछ जसमा आईडिया स्टेज, अर्ली स्टेज, ग्रोथ स्टेज पश्चात पनि उनीहरुलाई विभिन्न स्रोत र साधन उपलब्ध गराएर अघि बढ्नका लागि सहयोग गर्दछ ।
 
Jeeve Health.jpeg
 
नोभेम्बर २०२१ मा १०० वटा राष्ट्रिय विजेता स्टार्टअपलाई साउदी अरबको रियाद शहरमा इ.डब्लु.सि.मा भाग लिनका लागि स्टार्टअप बुट क्याम्पमा पठाइनेछ त्यसैका आधारमा फाइनल प्रतियोगिता मार्फत इ.डब्लु.सि.को अन्तर्राष्ट्रिय विजेताको घोषणा गरिने छ ।
 
Aabhusan Jyoti Kansakar (Jeeve health).jpeg