सिन्धुपाल्चोक l नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले “बृहत राष्ट्रिय वृक्षारोपण कार्यक्रम २०७८” अन्तर्गत असार १७ गतेदेखि साउन ७ गतेसम्म देशव्यापीरुपमा वृक्षारोपण कार्यक्रम तय गरेको छ ।
सोमबार “बृहत राष्ट्रिय वृक्षारोपण कार्यक्रम २०७८” कार्यक्रमलाई सफलतास्वरुप सम्पन्न गर्ने हेतुले संघका उपाध्यक्ष एबम बागमती प्रदेश संगठन कमिटी इन्चार्ज अमित लामाको उपस्थितमा सिन्धुपाल्चोक चौतारा स्थित चौतारा बहुमुखी क्याम्पस परिसरमा विभिन्न प्रजातिका करिब ५ सय बिरुवा वृक्षारोपण गरिएको छ।

लामाले वृक्षारोपण सम्पन्न गरी आफ्नो मन्तव्य राख्ने क्रममा सम्माननिय प्रधानमन्त्री केपि ओलिको विरुद्ध रहेको विपक्षी गठबन्धनका युवाहरु लाइ यतिखेर युवा बर्गले आन्दोलन गर्ने भन्दा पनि कोभिड विरुद्धको अभियानमा सबै युवा मिलेर लड्नु पर्ने अवस्थामा माइतीघर को नाटक मंचन छोडेर कोभिड विरुद्धको अभियानमा सहकार्य गर्दै अगाडि बढ्न राजनीतिक युवाहरुलाई आग्रह गर्दै, हालको प्रकृतिक बिपत्तिबाट उत्पन्न समस्याको समाधान गर्न साथै पीडित जनतालाइ राहात तथा उधारमा लाग्न अनुरोध गरेका छन ।
यस्तै उक्त कार्यक्रममा नेकपा एमाले महिला विभाग प्रमुख उर्मिला सुनुवार, स्थायी कमिटि सदस्य निरोज पौडेल, महेश चौलागाईं, निता लामा, राज कुमार सुवेदी , सचिवालय सदस्य केन्द्रिय सदस्य लागायत जिल्ला स्थानीय नेता कार्यकर्ताको सहभागिता रहेको थियो l