बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

बेदु सारु मगरको ‘तिमी निष्ठुरी हौ’ सार्वजनिक 

बुधबार, असार ३० २०७८

 काठमाडौं । गायक बेदु सारु मगरले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘तिमी निष्ठुरी हौ’ सार्वजनिक गरेका छन् । सेन्टिमेण्टल भर्सनको यस गीतमा प्रेम वियोगको वेदना प्रस्तुत गरिएको छ । 
यस गीतलाई गायक मगर र दिनेश सुवेदीले सयुक्तरुपमा लेखेका हुन् । गीतमा गायक मगरको नै संगीत रहेको छ । दिक्षित पौडेलले गीतलाई संगीत संयोजन गरेका हुन् । प्रेम जोडी बीचको बिछोडको कथा समेटिएको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र रोशनी कार्की फिचर्ड छन् । भिडियोलाई  पवन सुस्लिङ्गले छायांकन र सम्पादन गरेका हुन् । सिता पोख्रेल निर्मात्री रहेको यस भिडियोलाई स्वोर्निम थापाको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो । 
गायक मगरको आधिकारिक च्यानल ’बेदु सारु मगर’ मार्फत भिडियो सार्वजनिक गरिएको हो । भोइस अफ टिनको उपाधि विजेता समेत रहेका गायक मगरले यसअघि ‘डोली पियारी’, ‘तिमी निष्ठुरी हौ’  लगायतका थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन् । नयाँ भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । 

Screenshot (8).png
भिडियो लिंक

https://youtu.be/cxtm0_pTqps 

Capture.JPG