आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

असारे मसान्तमा नापी कार्यालयको अफिसभित्रै दारू

आइतबार, असार २७ २०७८

असारे मैझारो तेहीमाथि हाकिमको विदाइ कार्यलयभित्रै दारू पाटीको आयोजना गरेपछि नापी कार्यालय सिरहाका कर्मचारीहरू आफतमा परेका छन ।

नापीका कर्मचारी सरोजकुमार मण्डलले फेसबुकमा असारे मैझारे बुझाउने अन्तिम ´अषाढ मसान्तको भोजको एक दृश्य´ भनेर फोटो पोस्ट्याएपछि यो अप्ठ्यारो आइलागेको हो ।

सोे तस्बिरलाई लिएर आलोचना भएपछि छानबिनको लागि प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले छानबिनका लागि इलाका प्रशासन लहानलाई निर्देशन दिएका छन । फोटोमा अफिसभित्र दुई टेवल जोडेर ग्रीन सिग्नेचरको बोतल रित्ताउँदै गरेको देखिन्छ ।

कार्यालयभित्रै दारू पाटीको तस्वीर पोस्ट्याएको केही घन्टापछि उनलेे तस्बिर हटाएका थिए । जनआश्था साप्ताहिकमा खबर छ l