काठमाडौं, नागार्जुन नगरपालिका–६ जयन्तीगाँउस्थित जंगल भित्रको कुलेसोमा सोही नगरपालिका–६ कसाई चोक बस्ने २३ वर्षीया सुष्मिता शाही बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
यसैगरी काठमाडौं महानगरपालिका–९ सिनामंगल शम्भुमार्गस्थित श्री दुर्गा लक्ष्मी गेष्ट हाउसमा धनुषा गणेशमान चारनाथ नगरपालिका–४ घर भएका ४० वर्षीय संजय कुमार जैसवाल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।