बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल फ्रान्स व्यवसायिक मंचको बैठक सम्पन्न ,विदेशी लगानीकर्तालाई पर्याप्त अवसरः अध्यक्ष गोल्छा 

शुक्रबार, असार २५ २०७८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले फ्रान्सेली लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी अधिकतम लाभ उठाउन आग्रह गर्नुभएको छ । नेपाल फ्रान्स व्यवसायिक मंचको भर्चुअल बैठकलाई आज संबोधन गर्नुहुंदै अध्यक्ष गोल्छाले नेपाल लगानी भित्र्याउन तयार रहेको बताउनु भयो । 

अध्यक्ष गोल्छाले नेपाल आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढीसकेकाले नेपालमा पूर्वाधार विकास, पर्यटन, अर्थतन्त्रको डिजिटलाईजेसन, कृषि प्रशोधन उद्योगमा सम्भावना रहेको बताउदै फ्रान्सेली लगानीकर्तालाई आग्रह गर्नुभयो । अध्यक्ष गोल्छाले महासंघले अगाडि बढाएको राष्ट्रिय आर्थिक रूपान्तरण रणनीति २०३० (नेट २०३०) का विषयमा पनि जानकारी गराउनु भयो । नेट २०३० मा लगानीका क्षेत्रका विषयमा स्पष्ट किटान गरिएको जानकारी गराउनुहुंदै विशेष गरी सन् २०३० सम्म नेपालको अर्थतन्त्र १ सय अर्व अमेरिकी डलर पुरयाउने, थप २३ लाख रोजगारी सृजना गर्ने, अर्थतन्त्रसंग व्यापार घाटाको अनुपात आधा घटाउने लक्ष्य लिइएका छन । 

हालसम्म फ्रान्सबाट एक सय ७ परियोजनामा करिब एक अर्ब रुपैयाको लगानी प्रतिवद्धता आएको छ । व्यापार प्रवद्र्धन केन्द्रका अनुसार गत बर्ष फ्रान्ससंगको व्यापार घाटा करिब साढे ८ अर्ब रुपैया छ । 
नेपाल उद्योग वाणिज्य महासंघ र फ्रान्सको मेडेफ इन्टरनेशनल (MEDEF International) आयोजना गरेको उक्त कार्यक्रमलाई काठमाडौ स्थित फान्सली दुतावास र पेरिसस्थित नेपाली दुतावासको सहयोग रहेको थियो । बैठकमा दुवै देशबाट ५० जना उद्यमी व्यवसायीहरूको सहभागिता थियो । बैठकमा दुवै देशबाट विमानस्थल इन्जिनियरिङ, निर्माण, डिजिटल सेक्यूरिटी, बैकिङ, शिक्षा, स्वास्थ्य, कृषि, बैकिङ, पर्यटन, उर्जा, खाद्य प्रशोधन, अटोमोवाइल, र्यामिट्यान्स लगायतका क्षेत्रबाट प्रतिनिधित्व रहेको थियो ।

Zoom Meeting 7_8_2021 2_43_05 PM (2).png

कार्यक्रमलाई संवोधन गर्नुहुंदै नेपालका लागि फ्रेन्सेली राजदुत फंस्वा–जाभिए लेजे र पेरिसस्थित नेपाली राजदूत दिपक अधिकारीले नेपालमा रहेको अधिकतम लगानीको सम्भाव्यतालाई यथार्थतामा रूपान्तरण गरि लाभ उठाउन जोड दिनु भयो । आपसी लगानी विस्तार गर्न र निजी क्षेत्र बीचको सम्बन्ध विस्तारमा यो बैठक कोशेढुंगा हुने उहांहरूको विश्वास थियो । 

मेडेफको भारत तथा नेपालका लागि प्रमुख डेनियल मात्रे ले नेपालमा लगानीको वातावरणलाई आफूले नजिकबाट नियालीरहेको बताउदैं  भारतमा रहेको फ्रान्सेली संयुक्त लगानीलाई नेपालमा आकर्षित गर्न आफ्नो तर्फबाट प्रयास भैरहेको जानकारी गराउनु भयो ।  

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले द्विपक्षीय सम्बन्धलाई थप मजवूद पार्दै एक अर्काबाट आपसी लाभ उठाउन नेपाल फ्रान्स विजजेश फोरम जस्ता मंचको अधिकतम प्रयोगमा जोड दिनु भयो । नेपाल वाह्य लगानीको भोको रहेकाले नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । पर्यटन तथा आतिथ्यता क्षेत्रमा रहेको फ्रान्सको विज्ञता नेपालको पर्यटन प्रवद्र्धनमा पनि आकर्षण गर्नुपर्ने सुभाव उहांको थियो । बैकिङ क्षेत्रमा पनि लगानीको सम्भाव्यता रहेको उहांले स्पष्ट पार्नुभयो । 

सो अवसरमा नेपालका तर्फबाट कार्यपत्र प्रस्तुत गर्नुहुंदै महासंघको अन्तराष्ट्रिय लगानी प्रवद्र्धन फोरमका सभापति आनन्द वगाडियाले उनले विदेशी लगानीकर्तालाई सहजीकरण गर्न महासंघले संयन्त्र निर्माण गरिरहेको जानकारी दिनुभयो । उहाले वैदेशिक लगानी सम्बन्धी नीतिगत व्यवस्था, लगानीको वातावरण, नेपालको भौगोलिक अवस्था तथा चीन तथा भारतको बजार, विद्यमान यूवा जनसाङखीय लाभ, श्रम शक्ति, भिसाको सहज व्यवस्था, लगानीका क्षेत्रहरू, भौगोलिक विविधता लगायतका विषयमा स्पष्ट पार्नु भएको थियो ।