बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमणबाट २९ जनाको मृत्यु

बिहिबार, असार २४ २०७८

काठमाडौं । विगत २४ घण्टामा नेपालमा  १ हजार ८७५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार ५ हजार ३७४ जनाको पीसीआर परीक्षणबाट १ हजार २१८ जना र  ५ हजार १३० जनाको एन्टिजेन परीक्षणबाट ६५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार १० हजार ५०४ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। यसैगरी मुलुकभरमा  सो अवधिमा १ हजार २८६ जना कोरोना संक्रमणमुक्त भएका छन्। 

सो अवधिमा कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको मन्त्रालयले बताएको छ।  योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या नेपालमा ९ हजार ३२० पुगेको छ।