बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि, २८ जनाको संक्रमणबाट मृत्यु

बुधबार, असार २३ २०७८

काठमाडौं । विगत २४ घण्टामा नेपालमा  २ हजार ९७९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार उक्त अवधिमा ११ हजार ८९८ ओटा परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार मुलुकभरमा ७ हजार ८३५ जनाको पीसीआर परीक्षण गरिएकोमा २ हजार ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ हजार ६३ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ९०२ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ।

यसैगरी सोही अवधिमा १ हजार ३३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार सो अवधिमा २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार २९१ पुगेको छ ।

मन्त्रालयका अनुसार  उक्त अवधिमा काठमाडौं उपत्यकामा ५४३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाडौं जिल्लाका ३९० जना, ललितपुर जिल्लाका ८६ जना र भक्तपुर जिल्लाका ६७ जना संक्रमित रहेका  छन् ।

यसै बीच मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले लक्षण भएका संक्रमितको सरकारी अस्पतालहरुमा निःशुल्क परीक्षण हुने जानकारी दिंदै यदि कसैलाई कोरोना संक्रमण लक्ष्मण भए परीक्षण गराउन पनि आग्रह गरेका छनन् ।