आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पेट्रोलियम पदार्थ र ग्यासको मूल्य फेरि बढ्यो, के मा कति ?

बुधबार, असार २३ २०७८

काठमाडौं ।  सरकारले पेट्रोलियम पदार्थ र ग्यासको मूल्य फेरि बढाएको छ । दुई साता अघिमात्र्र मूल्य बढाएको नेपाल आयत निगमले मंगलबार फेरि इन्धनको मूल्य बढाएको हो । पेट्रोलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँले बढाएर १२९ रुपैयाँ पु¥याएको छ । त्यस्तै, डिजेल÷मटितेलको मूल्यमा पनि  २ रुपैयाँ बढेर ११२ रुपैयाँ बनाएको निगमले  जनाएको छ । 

गत असार १० गतेमात्र निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो । मंगलबार आज असार २२ गते पुनः पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढाएको छ । खाना पकाउने ग्यासमा पनि अब प्रतिसिलिण्डर २५ रुपैयाँका दरले मूल्य वृद्धि भएर प्रतिशत सिलिन्डर १४ सय २५ रुपैयाँ कायम गरेको निगमले जनाएको छ ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पु¥याएको छ । निगमका अनुसार यो परिवर्तन भएको नयाँ मूल्य मंगलबार राती १२ बजेदेखि लागू हुने छ ।