काठमाडौँ l नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र प्रधानमन्त्री केपी शर्मा ओली विचको तिक्ततालाई मेटाई पार्टी एकतालाई नयाँ आयाममा पुराउन मिलनविन्दु नजिकिँदै गएको सुँईको पाएपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका छन् ।
सिंहदरबारमा एमाले एकता कार्यदल बैठक चलिरहेका बेला मंगलबार दिउँसो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन्।
जनकपुर बाट सोझै प्रचण्ड दिउँसो २ बजे नेता नेपालको निवास पुगेको स्रोतले जानकारी दियो । भेटवार्ता जारी छ ।
अर्त मन्त्रालयमा एमाले नेताहरु पार्टी एकता जोगाउन सक्रिय रहेका बेला विपक्षी पाँचदलीय गठबन्धनमा रहेका प्रचण्ड र नेपालको भेटवार्ता भएको हो ।
यता, सिंहदरबारमा एमाले कार्यदलको बैठक जारी छ । श्रोतका अनुसार माधव नेपाल र केपी ओलीले संयुक्त बक्तब्य जारी गर्ने छाल पाएपछि प्रचण्ड नेपाल निवास पुगेका हुन्।
सर्वोच्चले असार २८ मा संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउने भएपछि सत्तारुढ र विपक्षी गठबन्धनका नेताहरु थप सक्रिय भएका छन्।