बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

२६३४ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको संक्रमणबाट मृत्यु

मंगलबार, असार २२ २०७८

काठमाडौं । नेपालमा विगत २४ घण्टामा २ हजार ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार दिएको जानकारी अनुसार सो अवधिमा ७ हजार ५०३ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ७१८ जना र ५ हजार ८२ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ९१६ जनासमेत गरी कुल २ हजार ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सो अवधिमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या १ हजार ६६५ रहेको छ । यसैगरी सो अवधिमा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको  छ । योसँगै  नेपालमा कोरोना संक्रमणबाट  हालसम्म मृत्यु हुनेको संख्या ९ हजार २७८ पुगेको छ ।

सो अवधिमा काठमाडौं उपत्यकाका ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार कोरोना पुष्टि भएकाहरुमा काठमाडौं जिल्लाका ३६५ जना, भक्तपुर जिल्लाका २९ जना र ललितपुर जिल्लाका १०५ जना रहेका छन् ।