आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

गोल्छा गु्रपद्धारा शिक्षण अस्पताललाई सामसुङ्गको ३० वटा माइक्रोवेभ ओभन हस्तान्तरण

सोमबार, असार २१ २०७८

काठमाडौं । गोल्छा गु्रपले आइतबार टिचिंग अस्पतालमा कोभिडका स्वास्थ्यकर्मीहरुलाई सामसुङ्गको ३० वटा माइक्रोवेभ ओभन सहयोग गरेको छ । गोल्छा गु्रपका निर्देशक शीमा गोल्छा ज्यूले समारोहमा त्रिभुवन विश्वविद्यालयका डीन, इन्स्टिट्युट अफ मेडिसिन, प्रोफेसर डा. दिव्या सिंह साहलाई ओभन हस्तान्तरण गरेकी हुुन । 
उक्त कार्यक्रम नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपाल संगठनले आयोजना गरेको थियो ।  
कार्यक्रममा गोल्छा गु्रपका निर्देशक शीमा गोल्छाले भनिन, “हामी नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपाललाई सहयोग गर्न पाउँदा निकै खुसी छौँ । हाम्रो यो सानो योगदानले कोभिड फ्रन्टलाइनका स्वास्थ्यकर्मीहरुलाई उनीहरुको खटिन पर्ने कठिन तथा व्यस्थ समयलाई राहतप्रदान गर्न मद्दत गर्नेछ भनेर हामीले महसुस गरेका छौँ । यी निःस्वार्थी र समर्पित स्वास्थ्यकर्मी प्रति कृतज्ञता व्यक्त गर्ने यो अवसर पाउँदा हामी कृतज्ञ छौँ । ” 

g3.JPG

g2.JPG

g.JPG

g4.JPG