बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

बिनोद र ससिकाको ‘एकैसाथ यो झरीमा’ गीत रिलज, झरीमा रुझेका प्रविन र अञ्जनाको जोडी 

सोमबार, असार २१ २०७८

काठमाडौं । नेपाली तारा सिजन ३ फ्रेमबाट चर्चामा आएका गायक बिनोद राई र द भ्वाइस अफ नेपाल सिजन २ फ्रेमबाट चर्चामा आएकी गायिका ससिका राईको नयाँ गीत रिलिज भएको छ । ‘एकैसाथ यो झरीमा’ बोलको गीत देबेश ससिका युट्युव च्यानलबाट रिलिज गरिएको छ । यस गीतमा इन्दु तामाङको शब्द रहेको छ भने नेपाली तारा सिजन ३ का फस्ट रनर अप चर्चित गायक देबेश राईको संगीत, एरेञ्ज र मिक्सिङ मास्टर रहेको छ । यस गीतलाई आफ्नै स्टुडियोमा रेकर्ड गरिएको हो ।

photo 1 (10).JPG

+‘एकैसाथ यो झरीमा’ गीतको म्युजिक भिडियोलाई फराज अर्पणले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा प्रविन राई रअञ्जना बराइलीको अभिनय देख्न सकिन्छ । गीतको भाव र म्युजिक भिडियोको स्टोरी अनुसार प्रविन र अञ्जनाले उत्कृष्ट काम गरेका छन् । प्रविन र अञ्जनाको जोडीपनि म्युजिक भिडियोमा जमेको छ । यस भिडियोलाई निर्देशन संगै सिनेमाटोग्राफी र सम्पादन पनि फराज अर्पणकै रहेको छ । 

भिडियो लिंक

https://youtu.be/0X1tpKWlFeE

photo 3 (7).JPG

photo 2 (11).JPG