आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

केपी ओली र माधव नेपालबीच टेलिफोन सम्वाद, के-के भयो कुराकानी ?

शुक्रबार, असार १८ २०७८

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र असन्तुष्ट समूहका नेता माधवकुमार नेपालबीच टेलिफोन सम्वाद भएको छ।

संस्थापन समूहले केन्द्रीय कमिटिको बैठक राखेको अघिल्लो साँझ अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच टेलिफोन सम्वाद भएको नेताहरुले जानकारी दिएका छन्।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ओली आफैले नेपाललाई फोन गरेका हुन्। उनका अनुसार अध्यक्ष ओलीले शुक्रबारकाे केन्द्रीय कमिटि बैठकमा सहभागी हुन नेता नेपाललाई आग्रह गरेका थिए।

जवाफमा नेता नेपालले बैठक स्थगित गर्न आग्रह गरेका थिए।

संस्थापन समूहले आज (शुक्रबार) बिहान ११ बजे केन्द्रीय कमिटि बैठक बोलाएको छ।

उक्त बैठकमा सहभागी नहुने माधव समूहले अडान लिएको छ।

ओली र नेपालबीच शुक्रबार पनि संवाद हुन सक्ने सम्भावना छ। सकभर प्रत्यक्ष भेटवार्ता हुने नभए टेलिफोन संवादले नै निरन्तरता पाउने नेताहरुको भनाइ छ।

माधव समूहका नेताहरुले आजको केन्द्रीय कमिटिको बैठक स्थगित गरेर एकताका लागि संवाद गर्न संस्थापन समूहलाई सुझाव दिएका छन्।