काठमाडाैँ – मनसुनी गतिविधि सक्रिय भएर देशका अधिकांश स्थानमा अविरल वर्षा भइरहेको छ। देशभर सामान्य देखि पूर्ण बदली भइ प्रदेश १, प्रदेश २ ,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मध्यम देखि भारी वर्षा भैरहेको हाे।
यसबाहेकका क्षेत्रमा पनि हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।वर्षा हुने क्रम शुक्रबार पनि जारी रहने महाशाखाले जनाएको छ। शुक्रबार पनि देशभरको मौसम सामान्य देखि पूर्ण बदली रहने मौसमविदले जानकारी दिएका छन्।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।
शुक्रबार राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा राति पनि हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरुमा र गण्डकी प्रदेश तथा प्रदेश २ का थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्सहित भारी भारी वर्षा र एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ। हाल देशको तराई भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ।