काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितीको अध्यक्षमा दिर्घराज मैनाली नियुक्त भएकाछन । यही असार १४ गते बसेको अर्थमन्त्रालयको बैठकले मैनालीलाई नेप्सेको अध्यक्ष पदमा नियुक्त गरेको हो ।
नवनियुक्त अध्यक्ष मैनालीले सोमबार नै पदबहाली गरेको नेप्सेले जानकारी दिएको छ । सोही क्रममा अध्यक्ष मैनालीले धितोपत्रको दोस्रो बजार तथा समग्र पुँजी बजारको उन्नतिका लागि आफू प्रतिबद्ध रहेको जनाएकाछन ।