काठमाडौं, कीर्तिपुर नगरपालिका–६ टौडहस्थित बागमती खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–४ ग्याल्थुम बजारस्थित शौचालय अगाडि सोही ठाउँ बस्ने सुरेश तामाङको ईस्काभेटर चलाउने धादिङ छत्रे देउराली गाउँपालिका–६ घर भएका ४५ वर्षीय ललित मान तामाङ बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
दैलेख, चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ सिराल बस्ने २२ वर्षीय गणेश बिक आफ्नै घर नजिक खेतमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
बैतडी, पाटन नगरपालिका–१ सकार बस्ने भानिराम बिकको छोरी ११ वर्षीया नितु कुमारी बिक सोही ठाउँस्थित सुर्नया नदी किनारको अरतोला भन्ने स्थानमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । मंगलबार दिउँसो उक्त नदीमा नुहाउने क्रममा हराई बेपत्ता भएकोले खोजी गर्नेक्रममा उक्त स्थानमा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।