काठमाडौं । सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका–९ अरनिको राजमार्गको जुरेमा बुधबार बेलुका अबिरल बर्षाको कारण आएको लेदो सहितको पहिरोले बा.८४ प ५४३० नम्बरको स्कुटर, बागमती प्रदेश ३–०२–प ६६०७ र बागमती प्रदेश ३–०१–प ८०७६ नम्बरका २ मोटरसाइकल बगाएको छ । पहिरोले मोटरसाइकल बगाई लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लामोसाँघुबाट खटिएको प्रहरीले दोलखा शैलुङ्गेश्वर नगरपालिका–३ बस्ने १९ वर्षीय रबिन्द्र शाक्यको प्रदेश नम्बर २–०१८–प ४८३३ नम्बरको मोटरसाइकल पूर्णरुपमा बिग्रिएको अवस्थामा पहिरो हटाइ निकालेको छ । लेदोका कारण बाटो अवरोध भएको छ ।
जुम्ला, तिला गाउँपालिका–१ लाम्पातास्थित सडकमा बिहीबार बिहान पहिरो आउँदा कर्णाली राजमार्ग पूर्णरुपमा अवरोध भएको छ ।
पहिरोका कारण अवरोध भएको सडक खुलाउन नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आवश्यक पहल गरिरहेको छ ।