काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनबिरुद्ध बहस गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपतिले संविधान विपरीत असीमित अधिकारको प्रयोग गरेको जिकिर गरेका छन्।
थापाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष १४९ जना सांसदहरुको हस्ताक्षरसहित दाबी प्रस्तुत गरिसकेकपछि अस्वीकार गर्ने अधिकार उनलाई नहुने बताउदै ‘विश्वासको मतको आधार फ्लोर टेष्ट हो । १४९ सांसदको दावी पेश गरेपछि तपाईं को हो ? हु आर यु ?,’ थापाले राष्ट्रपतितर्फ इंगित गर्दै प्रश्न गरे, ‘के त्यहाँ कोही एमाले र कोही माओवादीका सांसदले भोट हाल्न नसक्ने छन र ? जनताको प्रतिनिधिलाई तपाईंले सरकार बनाउन बाट रोक्न मिल्छ ?’
उनले प्रधानमन्त्री र राष्ट्रपतिले भनेजस्तै यो राजनीतिक प्रश्न नभएको जिकिर गरे । थापाले भने, “म विश्वासको मत पाउन सक्दिनँ” भनेर राजीनामा नदिनु चाहिँ राजनितिक प्रश्न हो । विश्वासको मत नपाएपछि संविधान बमोजिम पदमुक्त हुनुपर्दैन ? केपी ओली जी जसरी विश्वासको मतबाट बाहिर जानुभो, उहाँलाई अब ७६ को उपधारा ५ अनुसार दाबी गर्ने अधिकार छैन ।