काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी(एचआईडीसीएल) को सर्वाधिक शेयर खरीद माग रहेको छ ।
यो समाचार तयार पार्दाको समय सम्ममा कारोबारमा आएका २११ ओटा कम्पनीमध्ये उक्त कम्पनीको सबैभन्दा बढी शेयर खरीद माग रहेको छ ।
उक्त अवधिसम्ममा कम्पनीको ५ लाख ९३ हजार १०४ कित्ता खरीद माग रहेको छ ।
यो दिन कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ६ दशमलव ५९ प्रतिशतले वृद्धि भएको छ ।कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४३७ पुगेको छ ।