आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पुर्नबीमा कम्पनीले २० प्रतिसत लाभांस दिने

मंगलबार, असार ८ २०७८

काठमाडौं । नेपाल पुर्नबीमा कम्पनीले २० प्रतिसत लाभांस दिने भएको छ । कम्पनीको पछिल्लो पटक बसेको सञ्चालक समितीको तीन सय ४० औं बैठकले चुक्ता पुंजी १० अर्ब रुपैयाँ मध्येबाट २० प्रतिसत लाभांस बितरण गर्ने घोषणा गरेको हो । 
उक्त लाभांस मध्ये १६ दसमलव ५० प्रतिसत बोनस सेयर र तीन दसमलव ५० प्रतिसत नगद लाभांस रहेको छ । लाभांस बितरण सम्वन्धी उक्त प्रस्ताव नेपाल सरकार एवं नियमनकारी निकाय बीमा समितीको स्वीकृती पश्चात आगामी बार्षिक साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउने कम्पनीले जानकारी दिएको छ ।