आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सेनामा पनि ठुलै सरुवा, एकसाथ १२ सहायकरथीको सरुवा

मंगलबार, असार ८ २०७८

काठमाडौं । हालै सरकारले नेपाल प्रहरीका १६ प्रहरी नायब महानिरीक्षक (डीर्आइजी)सहित १५ प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा गरे लगतै नेपाली सेनामा पनि ठुलो हेरफेर गरेको छ l प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकाल अन्तिमतिर हिँड्दै गर्दा महत्त्वपूर्ण विभागको नेतृत्व सम्हालिरहेका अधिकृतसहित १२ सहायक रथीको सरुवा सरुवा गरिएको हो । 

सैनिक स्रोतका अनुसार, सहायक रथीहरू विजय थापालाई कल्याणकारी निर्देशनालय  नहकुल रायमाझीलाई रणनीति निर्देशनालयमा सरुवा गरिएको छ । कृष्णदेव भट्टलाई नीति, प्रकाश देउजालाई २ नं. बाहिनी र मानबहादुर महरालाई ५ नं. बाहिनीको जिम्मा दिइएको छ । 

प्रधानसेनापतिका सैनिक सहायक र सैनिक सचिवको पनि सेनाले सरुवा प्रस्ताव गरेको छ । स्रोतका अनुसार सैनिक सहायकमा चोकबहादुर ढकाल र सचिवमा सुनील श्रेष्ठलाई लैजान लागिएको छ । प्रधानसेनापति थापा यही भदौ १४ बाट अवकाश हुन लागेकाले नयाँ प्रधानसेनापति प्रभुराम शर्मालाई सहज हुनेगरी सरुवा प्रस्ताव गरिएको बताइएको छ । सैनिक सहायक र सचिव प्रधानसेनापतिका रुचाएका मान्छे राख्ने प्रचलन छ ।