आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रहरीको सातै प्रदेशमा नेतृत्व परिवर्तन

मंगलबार, असार ८ २०७८

काठमाडौँ l नेपाल प्रहरीका १६ प्रहरी नायब महानिरीक्षक (डीर्आइजी) र १५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपीको सरुवा गरिएको छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर  सोमबार  ३१ प्रहरी अधिकृतहरूको सरुवा गरेको हो ।  

गृहले अहिले प्रदेशको नेतृत्व सम्हालिरहेका सबै डीआईजीलाई हटाएर नयाँलाई अवसर दिएको छ । नेपाल प्रहरीका डीआईजीका लागि प्रदेशको नेतृत्व आकर्षक मानिन्छ । 

सरुवामा परेका डीआईजीहरूमा अरूणकुमार बिसी, उमेश रञ्जितकार,  प्रकाशजंग कार्की, दिवेश लोहनी, मुकुन्दराज आचार्य , गणेशबहादुर ऐर र पुरुषोत्तम कँडेल छ । उनीहरूलाई क्रमशः प्रदेश १, २, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा खटाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा वसन्तकुमार पन्तलाई पठाइएको छ । केन्द्रिय अनुसन्धान ब्यूरोमा धीरजप्रताप सिंहलाई सरुवा गरिएको छ । डीआईजी घनश्याम अर्याललाई विशेष ब्यूरोमा सरुवा गरिएको छ ।

यी प्रदेशमा यसअघि ईश्वरबाबु कार्की, धीरजप्रताप सिंह, वसन्तुकुमार लामा, घनश्याम अर्याल, रवीन्द्रबहादुर धानुक, वसन्तकुमार पन्त र उत्तमराज सुवेदी कार्यरत थिए । यीमध्ये कार्की, लामा, अर्याल र धानुकलाई प्रधान कार्यालय तानिएको छ । सिंहलाई केन्द्रीय अनुसन्धान व्युरो, पन्तलाई अख्तियार र सुवेदीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको जिम्मेवारी दिइएको छ । 

एसएसपीतर्फ मीरा चौधरी, श्यामलाल ज्ञवाली, उमाशंकर पञ्जियारदेखि नरबहादुर खत्रीसम्मको जिम्मेवारी हेरफेर भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।