काठमाडौं । सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका–१० शिखरपुर ११ बस्ने ३२ वर्षीय धर्म दुलालको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । बाटोमा ढलेको बिजुलीको फलामको पोलमा टेक्न जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि मेलम्चीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
सिरहाको लहान नगरपालिका–९ गोठटोल बस्ने ५० वर्षीय जोगिन्द्र साहको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित खेतमा कल गाड्ने क्रममा १२ हजार भोल्टको तारले करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि सप्तऋषि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यसैगरी सिरहा, भगवानपुर गाउँपालिका–५ लालपुर टोल बस्ने ४५ वर्षीय देव नारायण यादवको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नो घरको मिटरको तार जोड्ने क्रममा तार सर्ट भई अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।