बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पछिल्लो २४ घण्टामा २४०७ जनामा कोरोना संक्रमण, ४६ जनाको मृत्यु

आइतबार, जेष्ठ ३० २०७८

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ५ सय १७ पीसीआर परीक्षणबाट १ हजार ६९४ र ४ हजार ८ सय ८९ एन्टिजेन परीक्षणबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा थप ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ९९४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ६८ हजार ९५५  जना सक्रिय संक्रमित रहेका छन्।