बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नाडेप लघुवित्तको छैठौं वार्षिक साधारण सभा जेठ २३ गते, के के छ तयारी ?

शुक्रबार, बैशाख ३१ २०७८

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ २३ गते छैठौं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, नागार्जुन, काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । 

जेठ ७ का लागि तय भएको उक्त सभा कम्पनीले वैशाख २३ गते एक सूचना प्रकाशित गरी विशेष कारणबस रद्ध भएको जानकारी दिएको थियो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीे बताएको छ । 

सभाको प्रस्तावमा कम्पनीलाई डिप्रोक्स लघुवित्तले प्राप्ति गर्ने सम्बन्धमा समझदारी भइसकेकाले उक्त कार्यको अनुमोदन गर्ने रहेको छ ।  

सभाको अन्य प्रस्तावमा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने पनि रहेको छ ।  

मर्जर प्रक्रियाको लागि कम्पनीको शेयर कारोबार गत पुस १६ गतेदेखि रोक्का रहेकोले छैटौं वार्षिक साधारण सभामा शेयर दाखेला खारेज बन्द यथावत रहने कम्पनीले जानकारी गराएको छ ।