बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार 

मंगलबार, बैशाख २१ २०७८

काठमाडौं । नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्व बडामहारानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको अस्पतालले जानकारी दिएको छ । 
कोरोना संक्रमण भई ११ दिनअघि नर्भिक अस्पतालमा भर्ना हुनुभएको शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको हाल आइसियूमै राखेर उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको छ, अस्पातलले भनेको छ । 
नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर रहेको अस्पतालले जनाएको छ ।