नयाँ प्रकार (भेरियन्ट) को कोरोना भाइरस (कोभिड १९) काे संक्रमण दिनप्रतिदिन बढिरहेको छ । पछिल्ला दिनहरुमा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ। प्रतिदिन लाख बढी कोरोना संक्रमित बढिरहेका छन् भने नेपालमा पनि संक्रमण बढी रहेको छ ।
के हो कोरोनाको नयाँ प्रकार ?
कोरोनाको नयाँ प्रकार बेलायतको दक्षिणपूर्वी क्षेत्रमा डिसेम्बर महिनामा देखिएको थियो । यो साधारण कोरोनाभन्दा ५० प्रतिशत बढी संक्रामक हुने देखिएको छ । छिटो फैलिने भएकाले धेरै मानिस प्रभावित हुनसक्ने विशेषज्ञहरुको चेतावनी छ । तर यसबारे थप अध्ययन जरुरी रहेकाले अहिले कुनै निष्कर्षमा पुग्नु हतार हुने जानकारहरुले बताएका छन् ।
नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण हुँदा तपाईको शरिरमा यस्ता लक्षणहरु देखा पर्छ ।
-अक्सिजन लेभल कम हुने
-बेचैनी हुने
-आलस्यता बढ्ने
-दोधारपन हुने
-कुनै सजिलो काम गर्न पनि अल्छी लाग्ने
-कुनै शब्द बोल्न खोज्दा रोकावट हुने
– छातीमा समस्या हुने
-ओठमा पनि संक्रमण फैलाउने
-ओठ निलो हुने
-ज्वरो आउनू (१००.४°F भन्दा माथि)
-खोकी लाग्नू
यदि यी लक्षणहरु देखा परे नजिकैको स्वास्थ्य संस्था वा चिकित्सकलाई सम्र्पक गर्नुहोला ।