काठमाडौं । गत साता पाँच अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको राष्ट्र बैंकले भोलि सोमबार अर्थात बैशाख १३ गते पुन आठ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म उक्त ट्रेजरी बिल जारी गरिने राष्ट्र बैंकले जनाएको छ ।
जारी मिती बैशाख १४ गते तोकिएको ट्रेजरी खरिदका भोलि अपरान्ह तीन बजेसम्म बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले बोलकवोवल पेस गर्नुपर्ने छ । बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको तीन अर्ब ६० करोड रुपैयाँको रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । ति मध्ये २८ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ जेठ ११ गते र ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि बिसं २०७८ साउन १२ गते तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
