काठमाडौं । ज्योति बिकास बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा ६० करोड २५ लाख १२ हजार नौ सय २७ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफाा ४३ करोड ६० लाख सात हजार तीन रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुंजी तीन अर्ब ८४ करोड ४८ लाख २२ हजार सात सय ८१ रुपैयाँ रहेको बैंकले चालु आवको तेस्रो त्रैमासिक अवधिमा ४५ अर्ब ३१ करोड ९९ लाख २० हजार सात सय ६८ रुपैयाँ निक्षेप संकलन गरी ३९ अर्ब ५३ करोड ९२ लाख ५९ हजार छ सय ६१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब एक करोड ८९ लाख ६३ हजार दुई सय ६३ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकको शुन्य दसमलव ५८ प्रतिसत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा चार दसमलव ६२ प्रतिसत स्प्रेड दर रहेको बैंकको बितरणयोग्य नाफा भने ४३ करोड ३१ लाख ४० हजार तीन सय ६४ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ३६ अर्ब ३१ करोड ३६ लाख ३० हजार पाँच सय २७ रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ७१ करोड ९० लाख ३० हजार तीन सय ७४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब आठ करोड ७८ लाख २० हजार आठ सय ३९ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा चार दसमलव ९४ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दसमलव ९४ प्रतिसत रहेको थियो ।