बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

८ जनाको ज्यान गयो

मंगलबार, बैशाख ७ २०७८

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको ज्यान गएको छ । त्यसैगरी १ हजार २ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार २ सय २७ जना र ५ सय ४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५४ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ । त्यस्तै आज कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ सय ५५ रहेको छ भने क्वारेण्टाइनमा ८१ जना छन् ।